Logo

सोमबारदेखि भारतमा सपिङ मल, अफिस, रेष्टुरेन्ट, मठ मन्दिर खुल्ने



Spread the love

एजेन्सी। भारत सरकारले सोमबारदेखि सपिङ मल, अफिस, रेष्टुरेन्ट, मठ मन्दिर लगायत खोल्न दिने भएको छ । निर्देशिकामा सरकारले मलमा आएका ग्राहकहरूलाई व्यवस्थित तरिकाले आउन दिनेदेखि मन्दिरमा मूर्तिलाई छुन नदिनेसम्म तयार पारेको हो । तर, धेरै संक्रमित क्षेत्रहरूमा भने सम्पूर्ण सेवा बन्द हुने जनाइएको छ।

पसल तथा सपिङ मलमा जाँदा ६ फिटको भौतिक दूरी कायम गरी लामबद्ध भइ प्रवेश गर्न पाउने छ भने ‍सिनेमा हल, गेमिङ क्षेत्र, पार्कहरू भने बन्द हुने छन्।

प्रतिक्रिया दिनुहोस्