Logo

मधेशीलाई अपमान गरेको भन्दै एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग



Spread the love

२३ जेठ, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै सांसद प्रदीप यादवले उनलाई निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।

शुक्रबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले शेर्पालाई कानुनी कटघेरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न उनले सरकारलाई ध्यानाकर्षण गराए ।

शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदा ‘मधेशीलाई राष्ट्रियता आउँदैन सिकाउनु पर्छ, त्यो पनि सेनालाई परिचालन गरेर’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्