Logo

ब्राजिलमा कोरोना भयावह बन्दै, ३० हजार बढी नयाँ संक्रमित थपिए



Spread the love

एजेन्सी । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसबाट ३४ हजारभन्दा बढी व्यक्तिको ज्यान गईसकेको छ। विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ । साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित थपिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४३७ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट संक्रमित भएकाहरुको संख्या ६ लाख १५ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्