Logo

प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै ढलेका जनवादी गायक खुशीराम पाख्रिनको निधन



Spread the love

चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदागाउँदै ढलेका गायक तथा पूर्व सांसद खुशीराम पाख्रिनको निधन भएको छ ।उनलाई उपचारका लागि तत्काल नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालका मेडिकल स्टाफ सरिता तिवारीका अनुसार ब्रेन ह्यामरेज भएका उनको शव आफन्त तथा परिचितले भर्खरै अस्पतालबाट बाहिर लिएर गएका छन् ।  उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।

सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओ‌वादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरुु गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए ।

जनवादी गायकका रुपमा परिचित पाख्रिनलाई माओवादीले यसअघि चितवन ४ मा भएको उपनिर्वाचनमा उम्मेदवार पनि बनाएको थियो । श्रद्धाञ्जली सभालाई एमाले नेता माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो भजे सभामा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल र उहाँकी पत्नी सीता दाहाल पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्