Logo

सुपरस्टार क्रिस्टियानो रोनाल्डो बने पहिलो बिलियनर



Spread the love

एजेन्सी। पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर बनेका छन् । रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बन्न सफल भएका छन् ।

फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई गर्ने तेस्रो खेलाडी बनेका हुन् । खेल करियरमा रहँदा यसअघि टाइगर वुड र फ्लोयड मेवेदरमा १ बिलियन कमाइ गर्ने खेलाडीको सुचीमा अटाएका थिए ।

उनले कमाइको हिसाबले अर्का सुपरस्टार अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्