Logo

भारतबाट आएका ६५ वर्षीय पुरुषको बाजुराको क्वारेन्टाइनमा मृत्यु



Spread the love

२४ जेठ, बाजुरा। बाजुराको क्वारेन्टाइनमा एक पुरुषको ज्यान गएको छ । खप्तडछेडेदह गाउँपालिकाको मष्टा आधारभूत विद्यालय बुडाबाडामा रहेको क्वारेन्टाइनमा ६५ वर्षीया एक पुरुषको शनिवार बिहान ८ः३० बजे मृत्यु भएको हो ।

उनि दमको बिरामी थिए भने कोरोनाभाइरस त्रासका कारण यहि जेठ १५ गते भारतबाट झुलाघाट हुँदै नेपालमा आएर १६ गते क्वारेन्टाइनमा बसेका थिए।

मृतकको स्वाब सङ्कलन गरि पीसिआर विधिमा परीक्षणका लागि धनगढी पठाउने र शवलाई आजै व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्वाथ्यकर्मीको टोली घट्ना स्थलमा हिडिसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्