Logo

लकडाउनमा दाङमा दोस्रो पटक दारी ग्याङद्वारा रक्तदान कार्यक्रम



Spread the love

२५ जेठ, दाङ – सल्लेरी खबर सम्वाददाता । दारी ग्याङ दाङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको समयमा हुनसक्ने रगतको अभावलाई मध्यनजर गर्दै दारी ग्याङको आयोजना साथै दाङ युवा समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बलड बैंक, घोराहीमा करिब २० पिन्ट रगत सङ्कलन गरिएको कार्यक्रम सहजीकरण गरेका साइग्रेस देवकोटाले बताएका छन् । दारी ग्याङ युवाहरूको समूह हो । देशै भरी विभिन्न ठाउँमा शाखा रहेको यस समूहले सुरुवाती दिनमा दारी पाल्नुको महत्त्व र समाजले दारी पाल्ने प्रति हेर्ने सोचलाई परिवर्तन गर्न अग्रसर रहेको थियो । पछिल्लो समय यसका अलावा दारी ग्याङका युवाहरू विभिन्न सामाजिक कार्यमा आबद्ध हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्