Logo

सोमबार सर्लाहीमा १२० सङ्क्रमित थपिए



Spread the love

२६ जेठ, सर्लाही। सोमबार सर्लाहीमा एकैदिन सबैभन्दा बढी १२० जनामा कोरोना संक्रमित भएका छन् । ब्रह्मपुरी गाउँपालिकाका ४३, विष्णु गाउँपालिकाका ३४, ईश्वरपुर नगरपालिकाका १८, चक्रघट्टा गाउँपालिकाका १५, बलरा नगरपालिकाका नाै र रामनगर गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको विभिन्न क्वारेन्टाइनमा बसिरहेकाहरू हुन् । सोमबार १२० जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्