Logo

‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)



Spread the love

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको फिल्म ’ह्याप्पी न्यु ईयर’को ट्रेलर रिलिज भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्मले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारि पुष १४  लाई रिलिज मिति तोकेको छ । आरके  एम प्रोडक्सनको व्यानरमा निर्मित फिल्म प्रेमकथामा आधारित छ । फिल्ममा रति थापाको लगानी रहेको छ ।

फिल्ममा कुशल र संध्यासंगै  पुकार गौतम, केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेले खिचेको यस फिल्ममा विनोद ढकाल, टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/hM3R9a_fjig

प्रतिक्रिया दिनुहोस्