Logo

कर्णालीमा एकैदिन थप २० जनामा कोरोना पुष्टि



Spread the love

२७ जेठ, काठमाडौँ । कर्णाली प्रदेशमा थप २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ।

जुम्ला हिमा गाउँपालिका ४ की ३५ वर्षीया महिला र तिला गाउँपालिका-२ का २८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो । त्यस्तै, सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका-६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका-१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्