Logo

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका व्यक्तिकाे मृत्यु



Spread the love
प्रतीकात्मक तस्वीर

२८ जेठ, गुल्मी । अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक पुरुषको निधन भएको छ । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर चार ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यम प्रसाद खनालको निधन भएको हो ।

१५ दिन अघि भारतबाट आइ क्वारेन्टाइनमा बसेका खरेलको हिजो स्वास्थ्यमा समस्या देखिएका कारण थप उपचारको लागी बुटवल लगिएको थियाे । तर बुटबलमा गएपछि भने स्वास्थ्यमा केही सुधार आएका कारण अस्पतालमा भर्ना नगरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताएका छन् ।

बुटवलबाट आज अर्घाखाँची आउँदै गर्दा अर्घाखाँचीको शितगङगा नगरपालिकाको डोटे भन्ने स्थानमा एम्बुलेन्समै निधन भएको डिएसपी बुढाथोकीले उल्लेख गरेका छन् । जेठ २३ गते स्वाब संकलन गरी बुटवल पठाईएको तर रिपोर्ट अझै आएकाे छैन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्