Logo

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७०८ पुग्यो



Spread the love

२८ जेठ, सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३७ जना कोरोना सङ्क्रमित भेटिएका सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसंगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७०८ पुगेको छ ।

महाशाखाका अनुसार दैलेखका २५ जना, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट निको भएर २९ जना घर फर्किसकेका छन ।

प्रतिक्रिया दिनुहोस्