Logo

दीलिपको एक्सनमा ‘गोरे’ ट्रेलर सार्वजनिक(ट्रेलर सहित)



Spread the love

२९ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउँने चलचित्र ‘गोरे’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको छ ।यस चलचित्रलाई रामेशकुमार राइले निर्देशन गरेका छन् ।  फिल्ममा राकेश कुमार राई, डाक्टर गन्नु घर्ती, अभिषेक गिरी, विमला आचार्य, रविन्द्र आचार्य लगायतका कलाकारको  अभिनय रहेको छ ।

जीएस मुभि मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमामा विकास चौधरीको संगीत रहेको छ भने सूर्य जीसीको प्रस्तुती रहेको छ। रुपा जीसी सिनेमाकी निर्मात्री हुन् । ट्रेलरमा नायिका अनु शाह र नायक दीलिप रायमाझीको रोमान्स र एक्सन देख्न सकिन्छ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/OQEVV0sF5sU

प्रतिक्रिया दिनुहोस्