Logo

क्वारेन्टाइन बसेका व्यक्तिकाे निधन , १ हप्ता अघि परीक्षणको लागि पठाएको स्वाब हरायो



Spread the love

प्रतीकात्मक तस्वीर

जेठ २९, गुल्मी । जन स्वास्थ्य प्रयोगशाला भैरहवाले स्वाब परीक्षणको रिपोर्ट दिन ढिलाइ गर्दा अर्घाखाँचीमा एक पुरुषको शव २४ घण्टादेखि खुल्ला आकाशमुनि राखिएको छ ।

१५ दिन अगाडि भारतबाट आइ अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर चारको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइन बसेका ५७ वर्षीय यम प्रसाद खनालको बुधबार निधन भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्न बुटवल पुगेका खनालको फर्किंदा बाटोमै बुधबार निधन भएको हो ।

स्वाब हराएको आशंका

मृतक खनालको स्वाब हराएको आशंका गरिएको छ । २४ घण्टा बितिसक्दा पनि रिपोर्ट आउन सकेको छैन । जेठ २३ गते उनीसहित सोही क्वारेन्टाइनमा बस्ने ७ जना र अर्को विद्यालयको क्वारेन्टाइनमा बस्ने ३ जना गरी दस जनाको स्वाब पठाइएको वडाध्यक्ष विष्णु पोखरेलले सल्लेरी खबरलाई बताए । उनी स्वाब हराएको विषयमा धेरै बोल्न चाहेनन् ।

मृतकको शबलाई प्रतिक्षालयमा राखिएको र उनको रिपोर्ट अनुसार दाह संस्कार गरिने बताए । यता गाउँपालिका स्वास्थ्य शाखाका संयोजक भविष्वर खनालले भैरहवा प्रयोगशालामा सिधै सम्पर्क हुन नसकेको गुनासो गरे । साथै हिजो पुन: स्वाब परीक्षणको लागी भैरहवा पठाइएको जानकारी दिएका छन् । मृतक खनालसहित पठाएका अन्य १० जना कसैको पनि रिपोर्ट आएको छैन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्