Logo

कर्णाली प्रदेशमा थप ५५ जना कोरोना संक्रमित थपिए



Spread the love

२९ जेठ, काठमाडौँ। कर्णाली प्रदेशमा आज थप ५५ जनामा कोभिड-१९ को संक्रमण भेटिएका छन् । थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।

बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालबाट ३१ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्