Logo

रोकिएको खेल तीन महिनापछि सुचारु, युभेन्टसले मिलानसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । कोरोनाभाइरसका कारण स्थगित भएको इटालीयन फुटबल तीन महिनापछि सुचारु हुँदैछ । कोपा इटालियामा शुक्रबार युभेन्टस र एसी मिलान आमनेसामने हुनेछ ।

खेल युभेन्ट्सको घरेलु मैदानमा नेपाली समयमअनुसार राती पौने १ बजे शुरु हुनेछ । यसअघि मिलानको मैदानमा भएको पहिलो लेग १-१ को बरारबरिमा सकिएको थियो । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स ट्रेबल जित्ने दाउमा समेत छ ।

कोपा इटालियाको दोस्रो सेमिफाइन खेल शनिबार नापोली र इन्टर मिलानबीच हुनेछ । पहिलो लेगमा नापोलीले इन्टर मिलानमाथि १–० को जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्