Logo

ला लिगा – ग्रानाडाको पुनरागमन जित, लेभान्टे र भ्यालेन्सियाले अंक बाँडे



Spread the love

एजेन्सी । स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि पूनरागमन जित हात पारेको छ । भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा ग्रानडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

खेलको २०औं मिनेटमा डेभिड टिमोर कोपोभीले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । तर ७०औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत पहिलो गोल गर्दा ग्रानाडाले बराबरी गोल गर्न सफल भयो । ७९औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गर्दै ग्रानाडालाई २-१ को अग्रता दिलाए । त्यही अग्रता जितका लागि पर्याप्त बन्यो ।

हारपछि ग्रानडाले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । २८ खेलबाट ४६ अंक रहेको गेटाफे पाँचौ स्थानमा यथावत छ।

अर्को निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएको थियो । १० खेलाडीमा समेटिएको लेभान्टेले इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा गोल गर्दै भ्यालेन्सियाबाट १ अंक खोस्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्