Logo

प्युठानमा क्वारेन्टाइनमै जन्मियो बच्चा, सुत्केरीको कोरोना परीक्षण गर्ने तयारी



Spread the love

३१ जेठ, प्युठान। प्युठानमा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन्।जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ गोगनपानीको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी १८ वर्षिया सरस्वती पुनले गएराती छोरा जन्माएकी हुन्।

उनी १५ दिन अघि भारतबाट आई क्वारेन्टाइनमा बसेको थिइन्। आज उनको आरडिटी परीक्षण गर्ने तयारी भइरहेको वडा अध्यक्ष दिलमान पुनले सल्लेरी खबरलाई बताए ।

सरस्वती र नवजात शिशुको अवस्था सामान्य रहेको छ । उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्