Logo

दाङको क्वारेन्टाइनमा प्युठानका एक किशोरको मृत्यु, पिसिआर रिपोर्ट नेगेटिभ



Spread the love

३० जेठ, दाङ। दाङको क्वारेन्टाइनमा बसेका प्युठानका एक किशोरको मृत्यु भएको छ । प्युठान जिल्लाको माण्डवी गाउँपालिका ४ का आँपचौरका १८ वर्षीय राजु कार्कीको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा शनिवार बिहान कपिलवस्तुको चन्रदौटामा मृत्यु भएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले सल्लेरी खबरलाई बताए ।

उनी जेठ ९ गते भारतबाट आएर छिमेकी जिल्ला दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको र शवको जिम्मा आफन्तलाई दिइएको अध्यक्ष रोकाले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्