Logo

आज मिति २०७७ साल जेठ ३२ गते आइतबार, आजको राशीफल



Spread the love

आज मिति २०७७ साल जेठ ३२ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाइकाे दिन शुभ रहाेस्

मेष राशी –  मेष राशि हुनेहरुको लागि आज दिन आफ्ना कामलाई केन्द्र विन्दु राखेर काम गर्नु होला। दिन आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ। समयमा भने सामान्य सुधार आउनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न। आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ। रोकिएका काम अगाडि बढ्ने छन्।

वृष राशी – वृष राशिका व्यक्तिहरुको लागि आजको दिन पढाई लेखाईमा प्रगति हुनेछ। धर्मिक विश्वास बढ्नेछ। ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ ।आँटेको काम पुरा होला । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

मिथुन राशी – मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् ।व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट राशी – कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ ।

सिंह राशी – सिंह राशि हुनेहरुको लागि आज दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । घर परिवारका सदस्यहरुबाट सहयोग पाउन सकिएला । पुराना कामहरुबाट भनेभन्दा बढिनै आम्दानि हुनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ ।

कन्या राशी – कन्या राशि हुनेहरुको लागि आजको दिन  अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ ।आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ ।

वृश्चिक राशी – वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले सताउला ।

धनु राशी – धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् ।

कुम्भ राशी – कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुनसक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ।

मकर राशी – मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आजको दिन ख्याल पुर्याउनपर्ने खालको पनि छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ ।

तुला राशी – नयाँ-नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ ।

मीन राशी – मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग छ । काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्