Logo

ला लिगामा – मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाको सानदार जित



Spread the love

एजेन्स। कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल फर्किदा बार्सिलोनाले आफ्नो पहिलो खेलमा मालोर्कामाथि ४-० को सानदार जित निकालेको छ।

बार्सिलोनालाई जित दिलाउने क्रममा कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । दोस्रो मिनेटमा नै अटुरो भिडालले गोल गर्दै सुरुवाती अग्रता लिएको बार्सिलोनाले ३७ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोलमार्फत पहिलो हाफमा २–० को अग्रता लियो । ७९ औँ मिनेटमा जोर्डी अल्बाले गोल गरे । इन्जुरी समयको तेस्रो मिनेट अर्थात ९३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भयो ।

सानदार जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ । यद्दपि रियलले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्