Logo

बुन्डेसलिगाको उपाधिबाट बायर्न म्युनिख एक जित टाढा



Spread the love

एजेन्सी। जर्मन बुन्डेसलिगाको उपाधिनजिक बायर्न म्युनिख पुग्न सफल भएको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकलाई २–१ ले हराउदै लगातार आठौं सिजन उपाधि नजिक पुगेको हो ।

२६औं मिनेटमा जिर्कजीको गोलमार्फत बायर्नले खेलमा अग्रता बनायो । त्यस्तै खेलको ३७ मिनेटमा बायर्नका पभार्डले आत्मघाती गोल गरे । त्यसपछि बराबरी भएको खेलमा ८६ औं मिनेटमानै बायर्नका गोरेट्जकाले गोल गरी टोलीको जितलाई पक्का गरे।

बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्