Logo

उपाधिका लागि युभेन्ट्ससँग नापोली भिड्ने, मिलान सेमिफाइनलबाटै बाहिरियो



Spread the love

एजेन्सी। इन्टर मिलानलाई हराउँदै नापोलि कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि नेपोलीले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।पहिलो लेगमा नेपोली १–० ले जित निकालेको थियो ।

खेलको दोस्रो मिनेटमै एरिक्सनको गोलमार्फत इन्टरले अग्रता बनायो । तर, नापोलीका लागि मार्टिन्सले ४१ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

१७ जुनमा नपोलिले उपाधिका लागि युभेन्टसको सामना गर्नेछ। यसघि नै युभेन्टसले एसी मिलानलाई अवे गोलमा पछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्