Logo

पर्दा पछाडिः यसरी सुट गरिएको थियो हिट गीत ‘दिलको भित्तैमा’



Spread the love

हेर्दा निकै रमाईलो लाग्ने दिलको भित्तैमा’ बोलको भिडियो कसरी निर्माण भयो होला ? यो सबैलाई जिज्ञासा हुन सक्छ ।यहि जिज्ञासा मेटाउन हालैमा गीतको सुटिङ बेलाको भिडियो सार्वजनिक गरिएको छ ।खासगरी ‘दिलको भित्तैमा’ बोलको गीत निकै हिट भइरहेको छ ।गीतमा छायांकनको क्रममा निकै  रमाईला दृश्यहरु कैद गरिएको छ । १८ मिनेट लामो भिडियोमा सुटिङका सबै दृश्यहरु समावेश गरिएको छ । दिलको भित्तैमा बोलको गीत हिट भएपछि सुटिङको भिडियो सार्वजनिक भएको छ।कार्टुन्ज क्रुले फिचरिङ गरेको गीत दिलको भित्तैमा अझै पनि युटूब ट्रेन्डिङमा छ ।यो समाचार तयार पार्दा सम्म भिडियोलाई २६ लाख भन्दा बढी पटक हेरिएको छ ।दर्जन बढि गीतमा अभिनय गरिसकेको कार्टुन्ज क्रुले गरेका सबै गीतहरु युटूबको मिलियन क्लबमा प्रवेश गर्ने गरेका छन् ।बनिसकेको भिडियोको कभर भिडियो बनाएर युट्युब मार्फत चर्चित बनेको यो ग्रुपले आजभोलि आफै अफिसियल भिडियो बनाउन थालेको छ ।अल्मोडा राना उप्रेती, अन्जिला रेग्मी र नवीन रावलको आवाजमा रहेको ‘दिलको भित्तैमा’ बोलको गीतलाई उक्त ग्रुपले अफिसियल भिडियोको रुपमा सार्बजनिक गरेको हो । सार्बजनिक गीतमा मिलन बिष्टको शब्द तथा गायक अल्मोडाकै एरेन्ज रहेको छ । डान्सको लागि निकै नै ख्याती कमाएको यो ग्रुप पछिल्लो समय विभिन्न स्टेज कार्यक्रमहरूमा पनि ब्यस्त छ ।ग्रुपको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको सो भिडियोलाई सरोज अधिकारी र आश्मा बिश्वकर्माले कोरियोग्राफ गरेका हुन । भिडियोलाई सरोज आफैले निर्देशन गरेका हुन् भने रमाईलो डान्स सहितको दृश्यमा उनैले कन्सेप्ट तयार गरेका छन् ।कार्टुन्ज क्रीउका मेम्बरहरु सरोज, आश्माको अलावा लाक्पा डि लामा, राम घले, सुबिन सि अधिकारी, बिकास राई संगै बिपना थापा, प्रन्जली सापकोटा, अनु राई, अञ्जली स्यङबो, मानस श्रेष्ठ, प्रेम मगर र बिदुर थापा पनि नाचेका छन् ।रामेश्वर कार्किले छायांकन गरेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन । 

हेर्नुहोस् गीत सुटिङको भिडियो:

https://youtu.be/C2pAcFMGlK8

यो पनि हेर्नुहोस्
 लोकप्रिय डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ को नयाँ गीत ‘दिलको भित्तैमा’ सार्वजनिक

प्रतिक्रिया दिनुहोस्