Logo

नेपाली काङ्ग्रेस गुल्मीद्वारा सुरक्षाकर्मीलाई पिपिई वितरण



Spread the love

१ असार, गुल्मी – नेपाली काङ्ग्रेस गुल्मीले जिल्लाका सुरक्षाकर्मीलाई मध्यनजर गरि ४१ सेट पिपिई वितरण गरेको छ। नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले पठाएका ४१ सेट पिपिई नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मालाई हस्तान्तरण गरेका छन् ।

जिल्लामा हुने विभिन्न घटनाहरु आन्दोलनमा बढि खटिनु पर्ने भएको र विभिन्न घटनाको क्रममा सुरक्षाकर्मी जनतासँग सिधै सम्पर्कमा आउँने भएकाले सुरक्षाको हिसाबले पनि सुरक्षाकर्मीलाई पिपिइ वितरण गरिएको नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताएका छन् ।

उता प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बिपतकाे समयमा नेपाली काङ्ग्रेस गुल्मीले गरेको काम सरहानिय भएको भन्दै निरन्तर सहयोगकाे अपेक्षा समेत राखेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । नेपाली काङ्ग्रेस गुल्मीले यसअघि पनि जिल्लाका सञ्चारकर्मीलाई पिपिई वितरण गरेको हो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्