Logo

मलेरियाको औषधि कोरोनाको उपचारमा प्रयोग गर्न नमिल्ने !



Spread the love

एजेन्सी। कोरोनाभाइरसको उपचारमा मलेरियाको औषधिहरु हाइड्रोक्लोरिक्विन र कलोरोक्विन प्रभावकारी हुन सक्ने अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले प्रयोग गर्न मिल्ने भनेर स्वीकृति दिएको थियो । तर, अमेरिकाले लागू गरेको त्यो निर्णय उचित र पर्याप्त अनुसन्धानबेगर हतारोमा गरिएको हठ मात्रै थियो भन्ने कुरा पछि विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको थियो ।

अन्ततः त्यो औषधिको प्रयोग गर्न स्वीकृति दिने अमेरिकाको आधिकारिक निकाय एफडीएले नै ‘ती औषधिहरुले ‘वैधानिक दायराहरु’ पूरा गर्न नसक्ने र कोरोनाको उपचारमा खासै प्रभावकारी नदेखिएको ठहर गर्दै यसअघि आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने भनी दिइएको स्वीकृतिलाई खारेज गर्यो ।

यसअघि एफडीएले उक्त औषधीको प्रयोग गर्न दिइएको आफ्नो निर्णयको कडा प्रतिरक्षा गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्