Logo

कोरोनामुक्त न्युजिल्यान्डमा एक महिनापछि फेरी देखियो कोरोना संक्रमण



Spread the love

एजेन्सी। कोरोनाभाइरसबाट मुक्त भएको न्युजिल्यान्डमा करिब एक महिनापछि फेरी कोरोनाको संक्रमण देखापरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ब्रिटेनबाट फर्किएका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

देश कोरोनामुक्त भयो भनेर प्रधानमन्त्री जसिन्डा आर्डर्नसमेत खुसीले नाचेको न्युजिल्यान्डमा झन्डै १ महिनापछि पहिलोपटक यसको संक्रमण देखापरेको हो।

गत हप्ता मात्र न्युजिल्यान्डलाई कोरोनामुक्त देश घोषणा गर्दै लकडाउनलगायत सबै प्रतिबन्ध हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्