Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२ असार, काठमाडौं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य यथावत् रहेको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ७ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार २ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्