Logo

कर्णाली प्रदेशमा एकैदिन १९१ जनाले कोरोनालाई जिते



Spread the love

२ असार, सुर्खेत। कर्णाली प्रदेशमा एकैदिन १९१ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमण निको भई घर फर्कनेको सङ्ख्या ३४२ पुगेको छ ।

आज मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कुल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्