Logo

गुल्मीमा कोरोना संक्रमितकाे संख्या ३२ पुग्यो, कुन स्थानीय तहमा कति ?



Spread the love

असार २, गुल्मी । गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितकाे संख्या ३२ पुगेको छ । जेठ ५ गते पहिलो पटक गुल्मीका कोरोना संक्रमणक पुष्टि भएको थियो । जिल्लाको मदाने गाउँपालिका ६ का एक शिक्षकमा कोरोना देखिएको थियो ।

गुल्मी जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये अहिलेसम्म मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै जनामा कोरोना संक्रमणकाे पुष्टि भएको छ । मुसिकाेट नगरपालिकामा ११ जनामा संक्रमण देखिएकाे छ । यसैगरी रुरुक्षेत्र गाउँपालिकामा ३, रेसुंगा नगरपालिकामा ६, छत्रकोट गाउँपालिकामा १, धुर्कोट गाउँपालिकामा ३, सत्यवती गाउँपालिकामा ४ र मदाने गाउँपालिकामा तथा चन्द्रकोट गाँउपालिकाका २/२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

संक्रमितहरूमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने दुई जना निको भएर घर फर्किएका छन् । त्यस्तै जिल्लाका चार अन्य स्थानीय तह मालिका गाँउपालिका, इस्मा गाँउपालिका, कालीगण्डकी तथा गुल्मीदरवार गाँउपालिकामा कोरोना संक्रमणका बिरामी भेटिएका छैनन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्