Logo

बुन्डेसलिगलाको उपाधि लगातार आठौं पटक वायर्न म्युनिखलाई



Spread the love

एजेन्सी। लिगलिडर बायर्न म्युनिखले लगातार आठौँ पटक बुन्डेसलिगाको लिग उपाधि जित्न सफल भएको छ । गएराति भएको खेलमा रेलिगेसनको जोनमा रहेको वेर्डर ब्रेमेनलाई १-० गोल अन्तरले हराएसँगै म्युनिखले २ खेल अगावै उपाधिमा आफ्नो स्थान पक्का गरेको हो।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता बनाएको बायर्न दोस्रो हाफमा भने १० खेलाडीमा सीमित भएको थियो। खेलको ७९औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै डेविस मैदानबाट बाहिरिएका थिए।

लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएसँगै बायर्नले उपाधि जितेको हो। डर्टमण्डले तीन खेल अझै खेल्न बाँकी छ।

बायर्नले सन् २०१३ यता लगातार बुन्डेसलिगाको उपाधि उचाल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्