Logo

ला लिगाको शीर्ष स्थानमा बार्सिलोनाको फराकिलो अग्रता



Spread the love

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । मंगलबार राति भएको खेलमा लेगानेसमाथि बार्सिलोना २–० गोलअन्तरले विजयी भएको हो ।

रेलिगेसन जोनमा रहेको लेगानेसमाथि जित निकाल्न युवा खेलाडी अन्सु फाती र कप्तान लियोनल मेस्सीले एक एक गोल गरे। क्लब र देशका लागि मेस्सीको यो ६९९ औँ गोल थियो ।

यस जितसँगै शीर्षस्थानमा कायमै रहेको बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई ५ अंकले पछि पारेको छ । एक खेल कम खेलेको रियलको ५९ अंक छ ।

रियलले बिहीबार राति घरेलु मैदानमा भ्यालेन्सियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्