Logo

अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या



Spread the love

३ असार, अर्घाखाँची। अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको शितगङगा नगरपालिका वडा नम्बर पाँचका ४३ वर्षीय पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए ।

जेठ १४ गते उनी भारतको पन्जाबबाट आइ सोही वडाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आज बिहान क्वारेन्टाइन स्थल नजिकै उनले आत्महत्या गरेका हुन् ।

आरडीटी पोजेटिभ देखिएपछि जेठ २४ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि पठाइएको र नतिजा नआइसकेको डिएसपी बुढाथोकीले उल्लेख गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पीसीआर रिपोर्ट अनुसार थप कार्य अघि बढ्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्