Logo

गुल्मीमा काङ्ग्रेसका पाटी सभापति नै नेकपामा प्रवेश



Spread the love

असार ३, गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसलाई ठुलो धक्का लागेको छ । नेपाली काङ्ग्रेसका इस्मा गाउँपालिकाका पाटी सभापति नै नेकपामा प्रवेश गरेका छन् ।

लामो समयदेखि नेपाली काङ्ग्रेसमा आबद्ध रहँदै इस्मा गाउँपालिकाको पाटी सभापतिको पद सम्हालेका रामप्रसाद पन्थ बुधबार एक कार्यक्रमकाबीच नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला सदस्य हिरा एसी, जिल्ला नेता गणेश श्रीपाली, इस्मा गाउँपालिका अध्यक्ष तथा नेकपाका जिल्ला सदस्य लक्ष्मण विष्ट, इस्मा गाउँपालिकाका उपाध्यक्ष तथा नेकपाका जिल्ला सदस्य बिमला खत्री लगायतले टिका लगाइदिएर नेकपामा प्रवेश गराएका हुन् ।

यता पाटी प्रवेश गरेसँगै सल्लेरी खबरसँग पन्थले भने, ‘म काङ्ग्रेसकै कारण नेकपामा प्रवेश गरेको हुँ । पाटी सभापतिको कुर्सी मात्रै दिइयाे तर काम गर्न दिइएन ।’

उनले जति बेला पनि एमाले भनेर शंका गर्ने हुँदा आफू नेकपामा प्रवेश गरेको उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्