Logo

आजबाट प्रिमियर लिगका खेलहरु सुरु हुँदै, पहिलो दिन सिटी र आर्सनल भिड्ने



Spread the love

एजेन्सी। कोरोनाभाइरसको महामारीपछि स्थगित भएको इङ्लिस प्रिमियर लिग फुटबलका खेलहरु आजबाट सुरु हुँदैछ। गत मार्चबाट रोकिएको प्रिमियर लिगका खेलहरु आज रातिबाट दर्शक बिनाको रंगशालामा हुनेछ ।

पहिलो खेलमा एस्टन भिल्लाले घरेलु मैदानमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ भने दोस्रो खेलमा शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी र आर्सनल भिड्नेछ ।

जारी प्रिमियर लिगको सिजनमा ९२ खेल हुन बाँकी छ । लिगमा २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल उपाधिभन्दा दुई जित मात्रै टाढा छ ।

प्रतिक्रिया दिनुहोस्