Logo

दक्षिण कोरियाका एकीकरण मन्त्रीले दिए राजिनामाको प्रस्ताब



Spread the love

एजेन्सी। दक्षिण कोरियाली एकीकरण मन्त्रीले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिएको जिम्मेबारी लिदै राजिनामाको प्रस्ताब गरेका छन् । एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियासँग बिग्रदो सम्बन्धको जिम्मेवारी लिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध सुधार्न सीमा क्षेत्र नजिक कैसङ्गस्थित अन्तर कोरिया सम्पर्क भवन ध्वस्त गरेको भोलीपल्ट मन्त्री चुलले राजिनामाको प्रस्ताब गरेका हुन् ।

आफू विरुद्ध भडकाउ पर्चा छोडिएपछि उत्तर कोरियाले मंगलबार उक्त कदम चालेको थियो ।

प्रतिक्रिया दिनुहोस्