Logo

क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ



Spread the love

३ असार, अर्घाखाँची – अर्घाखाँचीको शितगङगा नगरपालिकाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

वडा नम्बर पाँचका ४३ वर्षीय पुरुषले गएराती आत्महत्या गरेका थिए ।
जेठ १४ गते भारतको पन्जावबाट आएर सोही वडाको हरि माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आरडिटी पोजेटिभ देखिएपछि जेठ २४ गते उनको स्वाब सङ्कलन गरि पिसिआर परिक्षणको लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएको थियो ।

बुधवार आएको उनको स्वास्थ्य रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्