Logo

युभेन्टसलाई पराजित गर्दै नापोलीले जित्यो कोपा इटालियाको उपाधि



Spread the love

एजेन्सी। युभेन्टसलाई हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जित्न सफल भएको छ। गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो।

रोमको स्टेडियो ओलम्पियोमा भएको खेलमा निर्धारित समयसम्म दुवै टिमले गोल गर्न नसकेपछी खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरबाट ४-२ ले जित निकाल्दै नापोलीले उपाधि जितेको हो।

ट्राइबेकरमा नापोलीको तर्फबाट लोरेन्जो इनसाइन, म्याटियो पोलिटानो, निकोला माक्सिमोभिक र अर्काडिउज मिलिकले गोल गरे। यता युभेन्टसका पाउलो डिब्याला र डानिलोले गोल मिस गरेका थिए।

योसँगै नापोलीले अहिलेसम्म छैठौ पटक कोपा इटालीको उपाधि जितेको छ। त्यस्तै युभेन्टस १९औ पटक फाइनलमा पुगेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ।

प्रतिक्रिया दिनुहोस्