Logo

प्रिमियर लिग – आर्सनलमाथि म्यानचेस्टर सिटीको सानदार जित



Spread the love

एजेन्सी। कोरोनाभाइरसका कारण बीचमै स्थगित भएको इङलिस प्रिमियर लिग बुधबारदेखि सुरु भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३ – ० गोलले पराजित गरेको हो । स्ट्रलिङले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै डेभिड लुइस रातो कार्ड खाँदै बाहिरिएसँगै आर्सनल १० खेलाडीमा सीमित भएको थियो। उता सिटीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अर्को गोल गोल थप्यो। सिटीका लागि दोस्रो गोल केभिन डि ब्रुइनले गरेका थिए। त्यस्तै अतिरिक्त समयमा फिल फोडेनले अर्को गोल थप्दा आर्सनलमाथि सिटीले ३-० को सहज जित निकाल्न सफल भयो ।

लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीको ६० अंक छ।

प्रतिक्रिया दिनुहोस्