Logo

बुन्डेसलिगा – कोल्नमाथि लिभरकुसनको सहज जित, लाइप्जिग बराबरीमा रोकियो



Spread the love

एजेन्सी। जर्मन बुन्डेसलिगामा बायर लिभरकुसनले एफसी कोल्नमाथि सहज जित निकाल्दा आरबी लाइप्जिग फोर्टुना डुसेलडर्फसँग बराबरीमा रोकिएको छ ।

बायर लिभरकुसनले घरेलु मैदानमा एफसी कोल्नमाथि ३–१ को सहज जित निकालेको हो । लिभरकुसनको जितमा स्भेन बेन्डर, काई हाभर्टज र मोउसा डियावीले गोल गरे । कोल्नका सेवास्टियनले एक गोल फर्काए ।

यस्तै अर्काे खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा आरबी लाइप्जिग फोर्टुना डुसेलडर्फसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लाइप्जिगका केभिन कम्पल र टिमो वेर्नरले गोल गरे ।डुसेलडर्फका स्टेभेन र एन्द्री होफमनले गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्