Logo

कोरोनालाई जितेर आज १९ जना घर फर्किए, निको हुनेको संख्या ११८६ पुग्यो



Spread the love

४ असार, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १९ जना कोरोनालाई जितेर घर फर्किएका छन्। योसंगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ११८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

जसमा १११४ पुरुष र ७२ जना महिला रहेका छन्। आज थप ६७१ जना कोरोना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ। योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार ८ सय ४८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्