Logo

कर्णाली प्रदेशमा एकैदिन १२० सङ्क्रमित थपिए



Spread the love

४ असार, सुर्खेत। कर्णाली प्रदेशमा एकै दिन १२० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ १२० जनामा कोरोना सङ्क्रमण भएको हो ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखमा ८६ र सुर्खेतका ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ । यस्तै, बिहीबार ११ जना कोरोना सङ्क्रमणमुक्त भएर घर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्