Logo

कोभिड–१९ का नयाँ संक्रमित घट्न थाले रुसमा



Spread the love

एजेन्सी। रुसमा कोभिड–१९ का नयाँ संक्रमितको संख्या घट्न थालेको छ । बिहीबार रुसले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ साता यताकै सबैभन्दा कम देखिएको छ । पछिल्लो २४ घण्टामा रुसमा सात हजार ७९० नयाँ संक्रमित फेला परेका छन् । यो संख्या गत अप्रिल ३० यताकै कम थियो ।

रुसमा कोरोना संक्रमितको संख्या पाँच लाख ६१ हजार ९१ पुगेको छ । रुस संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्