Logo

संक्रमित बढे पनि अमेरिकामा फेरी लकडाउन नहुने



Spread the love

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ का संक्रमितहरु बढे पनि अब फेरी लकडाउन नगरिने बताएका छन् । केही राज्यमा कोरोनाका संक्रमित बढिरहेको भए पनि अब ट्रम्पले पुनः व्यवसाय बन्द गर्न नसकिने बताएका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार लेरी कुड्लो र अर्थमन्त्री स्टिभन म्नुशिनले पनि अमेरिकामा पुनः लकडाउन गर्न नसकिने बताएका थिए । हालसम्म कोरोनाको कारण २१ लाख ६३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने एक लाख १७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्