Logo

कुवेत, ओमान र मलेसियाबाट फर्किए ४५५ जना नेपाली



Spread the love

५ असार, काठमाडौँ। बिहीबार कुवेत, ओमान र मलेसियाबाट ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । कोरोनाका कारण विदेशमा अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् ।

कुवतेबाट १५० जना, ओमानबाट १४७ जना र मलेसियाबाट १५८ जना नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेतबाट जजिरा एयरमार्फत, ओमानबाट सलाम एयर र मलेसियाबाट हिमालयन एयरको चार्टर्ड उडानमार्फत स्वदेश आइपुगेका हुन् ।यसअघि चारवटा उडानमार्फत पाँच सय ९८ जना स्वदेश फर्किसकेका छन् ।

विदेशबाट घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । उनीहरूलाई होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्