Logo

एकैदिन सिन्धुपाल्चोकमा १८ कोरोना संक्रमित थपिए



Spread the love

५ असार, मेलम्ची। सिन्धुपाल्चोकस्थित मेलम्चीमा एकैदिन १८ जनामा कोरोना संक्रमण पाईएको । मेलम्चीको बाहुनेपाटी क्वारेन्टाइनका १३ र मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनका ५ गरि १८ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो। योसँगै जिल्लामा संक्रमितको हुनेको संख्या २४ पुगेको छ।

हेलम्बु गाँउपालिकाका ३, पाँचपोखरी गाँउपालिकाका १० र मेलम्ची नगरपालिकाका ५ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले बताए । उनीहरु भारत, भोजपुर र दोलखाबाट आएका थिए।

प्रतिक्रिया दिनुहोस्