Logo

भारतमा एकैदिन १४ हजारभन्दा बढीमा संक्रमण



Spread the love

एजेन्सी। एकैदिन भारतमा १४ हजार जनाभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख ८१ हजार पुगेको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा तीन हजार ७५२ जना नयाँ सङ्क्रमित फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । नयाँ दिल्लीमा दुई हजार ८७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

भारतमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख पार हुँदा एकैदिन १४ हजार ५२ नयाँ सङ्क्रमित पनि थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्