Logo

बाँकेमा एउटै वडाका ४१ जना निको भएर घर फर्किए



Spread the love

५ असार,नेपालगञ्ज। शुक्रबार बाँकेमा एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् ।

स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी -१ का ४१ जना संङ्क्रमितहरूलाई जाँच प्रक्रिया पूरा गरी निको भएपछि डिस्चार्ज गरिएको हो ।

हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका ३२७ मध्ये दुई जनाको मृत्यु भइसकेको छ भने २५० जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्