Logo

गुल्मीमा आरडीटी पोजेटिभ देखिएका पुरुषको निधन ।



Spread the love

असार ५, गुल्मी । गुल्मीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषको निधन भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङका ६९ वर्षीय पुरुषको बिहीबार राति निधन भएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले सल्लेरी खबरलाई बताए ।

उनी भारतको मुम्बईदेखि १३ दिनअगाडि आएका थिए । उनले लामो सयमदेखि पक्षघात रोगको उपचार गराइरहेका थिए । घरको अवस्था तथा उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई घरमै छुट्टै राखिएको थियो ।

केही दिनअघि स्वास्थ्य परीक्षण गरिएको र आरडीटी पोजेटिभ देखिएसँगै पीसीआरको लागि स्वाब संकलन गरी पठाईएको थियो । पीसीआरको नतिजा भने अझै आइनसकेको गाउँपालिका अध्यक्ष पन्थले उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्