Logo

कोरोनालाई जितेर २१६ जना डिस्चार्ज भए, निको हुनेको संख्या १४०२ पुग्यो



Spread the love

५ असार, काठमाडौँ । कोरोनालाई जितेर शुक्रबार २१६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। योसंगै कोरोनामुक्त हुनेको संख्या १४०२ पुगेको छ।

नयाँ डिस्चार्ज हुनेमा २०७ पुरुष र ९ महिला छन्। बिहीबार पनि १९ जनाले कोरोना जितेर घर फर्किएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्